क्लबको छाना खस्दा १३ जनाको मृत्यु-Sutra News

क्लबको छाना खस्दा १३ जनाको मृत्यु

आइतबार, १ पौस २०८०

आइतबार, १ पौस २०८०

काठमाडौं । अर्जेन्टिनाको बन्दरगाह सहर बहिया ब्लाङ्कामा शनिबार शक्तिशाली आँधीमा परी खेलकुद क्लबको छाना खस्दा १३ जनाको मृत्यु भएको छ ।



मेयर कार्यालयको सूत्रका अनुसार भारी वर्षा र हावाका कारण स्केटिङ प्रतियोगिता भइरहेको बहिया ब्लाङ्काको छत खसेको थियो । ‘दुर्भाग्यवश आपत्कालीन सेवाले बहिन्से डेल नोर्टे क्लबमा १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ,ड नगरपालिकाले विज्ञप्तिमा भनेको छ ।

अग्नी नियन्त्रकहरूले भग्नावशेष मुनि फसेका मानिसहरूको उद्धारका लागि काम गरिरहेको पनि नगरपालिकाले जनाएको छ । उक्त सहरमा १४० किलोमिटर (८७ माइल) प्रतिघन्टाभन्दा पनि बढीको वेगले हावा चलेको बताइएको छ ।

तीव्र गतिको हावा आएसँगै केही भागमा बिजुलीसमेत गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट