मेलम्ची पुगेर सभामुखले भने : सक्दो चाँडो काठमाडौंका बासिन्दालाई पानी खुवाउनु-Sutra News

मेलम्ची पुगेर सभामुखले भने : सक्दो चाँडो काठमाडौंका बासिन्दालाई पानी खुवाउनु

आइतबार, १ पौस २०८०

आइतबार, १ पौस २०८०
फाइल तस्बिर ।

काठमाडौं । सभामुख देवराज घिमिरेले मेलम्चीको पानी चाँडोभन्दा चाँडो काठमाडौं पुर्‍याउन आग्रह गरेका छन् ।



मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु-१ अम्बाथानको आइतबार निरीक्षण गर्दै उनले सक्दो चाँडो काठमाडौंका बासिन्दालाई पानी खुवाउनु पर्नेमा जोड दिए ।

सभामुख घिमिरेले मेलम्चीको मुहानस्थल अम्बाथान र मुहानको माथिल्लो भेगको निरीक्षण गरेका थिए । मेलम्चीको पानी काठमाडौं लैजान ढिलाइ भइरहेको सन्दर्भमा उनले यसबारे सम्बन्धित निकायबाट जानकारी लिएका थिए ।

सो अवसरमा मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले मेलम्चीमा हाल भइरहेको कामका बारेमा सभामुख घिमिरेलाई जानकारी गराए ।

उनका साथमा पूर्वमन्त्री शेरबहादुर तामाङ, बागमती प्रदेशका पूर्वमन्त्री सरेस नेपाललगायत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट