फिनल्याण्डलाई पुटिनको धम्की : त्यहाँ कुनै समस्या थिएन, अब हुनेछ-Sutra News

फिनल्याण्डलाई पुटिनको धम्की : त्यहाँ कुनै समस्या थिएन, अब हुनेछ

आइतबार, १ पौस २०८०

आइतबार, १ पौस २०८०

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस वर्षको प्रारम्भमा नाटोमा सामेल भएपछि छिमेकी मुलुक फिनल्याण्डसँग ‘समस्या’ हुने चेतावनी दिएका छन् ।



उनले जवाफमा मस्कोले उत्तर–पश्चिम रुसमा नयाँ सैन्य जिल्ला बनाइने बताए । रुससँग एक हजार ३४० किलोमिटर सीमा साझा गर्ने फिनल्याण्ड यस वर्षको अप्रिलमा युक्रेन हमलाका बीच नाटोमा सामेल भएको थियो ।

‘उनीहरू (पश्चिम)ले फिनल्याण्डलाई नाटोमा ताने, के हाम्रो तिनीहरूसँग कुनै विवाद छ ? बिसौँ शताब्दीको मध्यमा क्षेत्रीय विवादसहित सबै विवाद लामो समयदेखि सुल्झिसकेका छन्,’ पुटिनले एक सरकारी टेलिभिजन रिपोर्टरसँग भने, ‘त्यहाँ कुनै समस्या थिएन, अब हुनेछ, किनकी हामी लेनिनग्राड सैन्य जिल्ला बनाउने छौँ, र त्यहाँ निश्चित संख्यामा सैन्य एकाइहरू केन्द्रित गर्ने छौँ ।’

फिनल्याण्डले रुसमाथि आप्रवासी संकट उत्पन्न गरेको आरोप लगाउँदै रुससँगको आफ्नो सीमा पुनः बन्द गरेपछि पुटिनको यस्तो टिप्पणी आएको हो । मस्कोले हेलसिन्की नाटोमा सामेल भएकामा जवाफी कदम चाल्ने चेतावनी दिएको छ ।

रुससँग नाटो मुलुकहरूसँग युद्ध गर्नु पर्ने कुनै कारण नभएको पुटिनले बताए । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै महिना यदि युक्रेनमा सफल भयो भने मस्को त्यहाँ ‘नरोकिने’ चेतावनी दिएका थिए ।

मस्कोलाई नाटो मुलुकहरूसँग लड्न भूराजनीतिक, आर्थिक वा सैन्य दृष्टिले कुनै चासो नभएको उनको भनाइ थियो । क्रेमलिनको युक्रेन अभियानले नाटोको पूर्वी हिस्सामा रुसी आक्रमणको डरलाई पुनः जागृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट