काठमाडौं । मनिलाको दक्षिणमा रहेको बटाङ्गस प्रान्तमा आइबार बिहान भएको झडपमा एक जना सैनिक र छ जना संदिग्ध विद्रोहीको मृत्यु भएको फिलिपिन्सका रक्षा अधिकारीहरूले बताएका छन् ।
सरकारी सेना र १४ जना न्यु पिपुल्स आर्मी (एनपीए) विद्रोहीबीच चार घण्टासम्म चलेको गोलीबारी स्थानीय समयअनुसार आइतबार दिउँसो २ बजे बालयान शहरमा भएको फिलिपिन्स सेनाको दोस्रो इन्फन्ट्री डिभिजनका प्रवक्ता हेक्टर इस्टोलासले जानकारी दिए ।
एस्टोलासका अनुसार एनपीएले केही योजना बनाउनका लागि यस क्षेत्रमा अस्थायी शिविर खडा गर्दै गरेको सूचना पाएपछि सरकारी सेनाहरूले आक्रमण शुरु गरेका थिए ।
झडपमा एक जना सैनिकसहित सात जनाको मृत्यु भएको थियो । अन्य तीन सैनिक घाइते भएका छन् । भाग्ने एनपीए विद्रोहीविरुद्ध खोजी कार्य जारी रहेको एस्टोलासले बताए ।
एनपीए विद्रोहीहरू सन् १९६९ देखि सरकारसँग लड्दै आएका छन् । तिनीहरूले ग्रामीण क्षेत्रमा आफ्नो आक्रमण केन्द्रित गर्दै सेनासँग झडप गरिरहेका छन् । सैन्य तथ्यांकअनुसार एनपीएमा दुई हजार सदस्यहरू छन् ।