काठमाडौं । बंगलादेशले पहिलोपटक एसीसी यू १९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा बंगलादेशले यूएईलाई १९५ रनले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २८२ रन बनायो । बंगलादेशका लागि आसिकुर रहमान सिब्लीले १२९, चोधुर रिजवानले ६० र अरिफुल इस्लामले ५० रन बनाए ।
बलिङमा यूएईका अयमन अहमेदले सर्वाधिक ४ विकेट लिए । यूएईले २४.५ ओभरमा सबै विकेट गुमाएर ८७ रन जोड्यो । यूएईका ध्रुव परासरले सर्वाधिक अविजित २५ र अक्षत राईले ११ रन बनाए ।
यूएईलाई सस्तोमा समेट्न बलिङमा बंगलादेशका मारुफ मृधा र रोहनत बोरसनले ३–३ विकेट लिए । इकबाल हुसेन र शिख जिबोनले २–२ विकेट लिए । प्रतियोगितामा नेपालसहित ८ टोली सहभागी थिए ।