धनु राशीको दाम र इनाम आर्जन हुने, तपाईंको दिन कस्तो ?-Sutra News

धनु राशीको दाम र इनाम आर्जन हुने, तपाईंको दिन कस्तो ?

सोमबार, २ पौस २०८०

सोमबार, २ पौस २०८०

आज मिति २०८० साल पुष २ गते सोमबार । तदनुसार डिसेम्बर १८ तारिख २०२३ मार्ग शुक्ल पक्ष षष्ठी तिथि । बिहान ६ बजेर ४८ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर १२ मिनेटमा अस्ताउने छ ।



मेष

अस्वस्थताले कमजोरीको अनुभूति हुने छ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नु पर्ला । साँझदेखि स्थितिमा सुधार आउने छ । मेहनतीहरूलाई कार्य सिद्धिको समय छ । कर्मयोगले नाम, दाम र इनाम दिलाउने छ ।

वृष

आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिने छ । साँझतिर केही उपलब्धिको स्रोत पहिल्याउन सकिने छ । दोहोर्याएर प्रयत्न गर्दा काम सम्पादन हुनेछ । पछि लाभ हुने काम गर्न सकिने छ ।

मिथुन

साँझतिर स्वास्थ्य कमजोर रहने छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम भने दोहोर्याउनु पर्ला । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ ।

कर्कट

मिहिनेतले प्रशस्त फाइदा दिलाउने छ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खाने छन् । व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ । साँझतिर रमाइलो पारिवारिक भेटघाट पनि हुने छ ।

सिंह

नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला । साँझदेखि नयाँ कामतर्फ अग्रसर भइने छ । आय स्रोत पनि बढ्ने छ । प्रतिस्पर्धामा विजयी भइने छ । मिहिनेतले प्रतिष्ठित काम गर्ने मौका दिलाउन सक्छ ।

कन्या

मान्यजनको सहयोगले तत्कालको अन्योल भने टर्न सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नु पर्ला । साँझतिर स्थितिमा सुधार आउने छ । पेसा व्यवसायमा लाभ उठाउन सकिने छ ।

तुला

अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने छ । व्यापार र पेसामा राम्रै फाइदा हुनेछ । साँझतिर पारिवारिक असमझदारी बढ्नाले चिताएको काम रोकिन सक्छ । अरूको विश्वास गर्दा धोका हुन सक्छ ।

वृश्चिक

प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुने छ । सम्पादित कामबाट धन लाभ हुने छ । साँझतिर कर्मयोगले नयाँ मोड लिने छ । मिहिनेतले आम्दानीको स्रोत बढ्नेछ भने पछि फाइदा हुने काममा पनि सम्झौता गर्ने समय छ ।

धनु

दाम र इनाम आर्जन गर्न सकिने छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने छ । प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्ने छ । साँझतिर मनग्य धनलाभ हुने ग्रहयोग छ ।

मकर

केही दौड धुप गर्नु परे पनि कामको अवसर प्राप्त हुनेछ । साँझतिर स्थितिमा सुधार आउने छ । इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुने छ ।

कुम्भ

उठ्नु पर्ने रकम हातलागी हुने छ । साँझतिर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्ने छ । सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ । टाढाको यात्रा सम्भावित देखिन्छ ।

मीन

व्यापार व्यवसायमा पनि प्रशस्त फाइदा हुने छ । साँझतिर आयआर्जनका नयाँ स्रोत फेला पर्ने छन् । पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुने छन् । उपलब्धिले जीवनशैलीमा परिवर्तन आउने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट