अन्डरवर्ल्ड दाउत इब्राहिमलाई कसले दियाे विष ?-Sutra News

अन्डरवर्ल्ड दाउत इब्राहिमलाई कसले दियाे विष ?

सोमबार, २ पौस २०८०

सोमबार, २ पौस २०८०

काठमाडाैं । अन्डरवर्ल्ड दाउत इब्राहिम अस्पताल भर्ना भएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार पाकिस्तानकाे कराचीस्थित एक अस्पतालमा उनकाे उपचार भइरहेकाे छ ।



मिडिया रिपाेर्टअनुसार उनलाई पाकिस्तानमा विष दिइएको आशंका छ । यद्दपि, घटनाबारे स्पष्ट विषय बाहिर आइसकेकाे छैन ।

दाउदलाई अस्पतालमा कडा सुरक्षाबीच राखिएको सञ्चार माध्यमले लेखेका छन् । एक मिडिया रिपोर्टअनुसार, नेसनेल इन्भेस्टिगेसन एजेन्सी अर्थात एनआईएलाई हसिना पारकरका छोरा दाउद कराचीमा रहेको जानकारी दिइएको थियो ।

यस घटना बाहिरिएपछि पाकिस्तानमा इन्टरनेट सेवा रोकिएको छ। पाकिस्तान सरकारले घटना बाहिर नजाओस् भनेर इन्टरनेट सेवा बन्द गरिएको हुनसक्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

दाउद इब्राहिममाथि सन् १९९३ मा मुम्बईमा भएको बम विस्फोटकाे आरोप छ । मुम्बईमा भएको श्रृङ्खलाबद्ध आक्रमणमा २ सय ५० भन्दा धेरै मानिसको मृत्यु भएको थियो ।

उक्त घटनामा हजारौँ मानिस घाइते भएका थिए । घटनापछि भारतमा उनलाई आतंकवादी घोषित गरिएको थियो । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट