पाँचौँ पटक राष्ट्रपति बन्दै भ्लादिमिर पुटिन-Sutra News

पाँचौँ पटक राष्ट्रपति बन्दै भ्लादिमिर पुटिन

सोमबार, २ पौस २०८०

सोमबार, २ पौस २०८०

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौँ पटक राष्ट्रपति बन्ने पक्का भएको छ । आगामी मार्चमा हुने रुसको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति पुटिनले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।



पुटिनको उम्मेदवारीलाई रुसको सत्ताधारी पार्टी युनाइटेड रसिया पार्टीले साथ दिएको छ । आइतबार भएको एक कार्यक्रममा सत्ताधारी पार्टीका अध्यक्ष डिमित्री मेदभेदेवले पुटिनको स्वतन्त्र उमेदवारीलाई साथ दिने घोषणा गरेका थिए ।

रुसी विश्व च्यानल आरटीका अनुसार रुसका विभिन्न सेलिब्रेटी, कलाकार, खेलाडीले पुटिनको स्वतन्त्र उमेदवारीलाई समर्थन गरेका थिए ।

योसँगै आगामी मार्चमा हुने राष्ट्रपतीय चुनावबाट पुटिन पाँचौँ पटक राष्ट्रपति बन्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट