काठमाडौं । हालै सम्पन्न खेलकुद बचत तथा ऋण सहकारी संस्था लि., त्रिपुरेश्वर, काठमाडौंको चौधौं वार्षिक साधारण सभाले संस्थाका अध्यक्षद्वारा प्रस्तुत आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
त्रिपुरेश्वर, काठमाडौंमा आयोजित सो साधारण सभामा आ.व. २०७९/०८० को लेखा परिक्षण प्रतिवेदन, संचालक समितिले गरेको निर्णय अनुमोदन सम्बन्ध हुँदै आ.व. २०८०/०८१ को लागि लेखा परिक्षक नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने निर्णय समेत साधारण सभामा पारित भएको छ । १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय सहित विविध विषयहरु साधारण सभामा प्रस्तुत भएको छ ।
साधारण सभामा प्रस्तुत चालु आ.व.को वासलात हिसाब अनुसार शेयरपूँजी ७७ लाख ९ हजार ७ सय रुपैयाँको भएको छ भने जगेडाकोष ४८ लाख २९ हजार ७ सय ४ रुपैयाँ ९३ पैसाको हुँदा चालु आ.व.मा निक्षेप १० करोड ४२ लाख ४ हजार ८ सय २० रुपैयाँ ५२ पैसाको भएको छ ।
अन्य विविध कारोबार गरी यस आ.व.मा संस्थाको १२ करोड १६ लाख ६१ हजार ६ सय ३६ रुपैयाँ २४ पैसाको लगानी रहेको छ । राष्ट्रिय खेलकुद परिषद प्रशासन विकास प्रमुख प्रेम बहादुर मल्लको प्रमुख आतित्थ्य तथा संस्थाका अध्यक्ष हिरा सिंह डंगोल को सभापतित्वमा सम्पन्न सो साधारण सभामा राष्ट्रिय खेलाडीहरु, समाज सेवी तथा संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।