अभिषेक-ऐश्वर्याको सम्बन्ध जोड्न छोरीको भूमिका !-Sutra News

अभिषेक-ऐश्वर्याको सम्बन्ध जोड्न छोरीको भूमिका !

सोमबार, २ पौस २०८०

सोमबार, २ पौस २०८०

काठमाडौं । बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या राय बच्चनबीचको सम्बन्धलाई लिएर अनेकौँ खबर आउने गरेको छ । पछिल्लो समय उनीहरूबीच सबै कुरा ठिक नभएको समाचारले बजार तातेको छ ।



ऐश्वर्याले ‘जलसा’ छोडेकी र अभिषेकसँग पनि अलग्गै बस्दै आएको खबर सार्वजनिक आयो । यी रिपोर्टको बीचमा अभिषेक बच्चनको एउटा भिडिओ सार्वजनिक भएको छ । जसमा यी कुरालाई पूर्ण विराम लगाउन पर्याप्त देखिन्छ ।

हालै ऐश्वर्याले अमिताभ बच्चनको घर ‘जलसा’ छाडेको खबर आएको थियो । उनी आफ्नी छोरी आराध्या र आमा वृन्दासँग माइतमा बस्दै आएकी छन् । उनी सासु जया बच्चनसँग मिल्दैनन् र परिवारमा कलह छ । अभिषेक-ऐश्वर्याको डिभोर्सको खबर बाहिर आएको थियो ।

यस्तै खबरबीच अभिषेकको एउटा भिडिओ सार्वजनिक भएको छ । जसमा उनी सासु वृन्दाको हात समातेर उनको हेरचाह गरिरहेको देखिन्छ ।

शुक्रबार धिरुभाई अम्बानी इन्टरनेशनल स्कुलमा वार्षिक समारोह आयोजना गरिएको थियो । यो स्कुलमा अभिषेक-ऐश्वर्याकी छोरी आराध्या पढ्दै आएकी छन् । छोरीलाई साथ दिन उनीहरू स्कुल पुगेका थिए ।

पति-पत्नी मात्र नभई बच्चन परिवार र ऐश्वर्याकी आमा वृन्दा पनि समारोहमा उपस्थित थिए । कार्यक्रमपछि एक भिडिओ सार्वजनिक भयो । जसमा अभिषेक ऐश्वर्यासँग देख्न सकिन्छ । उनी आफ्नी सासुलाई कारमा राखेर श्रीमतीसँगै गएको देखिन्छ ।

सासुलाई बिदाइ गरेपछि ऐश्वर्या र अभिषेक आराध्यासँगै एउटै कारमा घरतर्फ गएका थिए । यो भिडिओलाई लिएर फ्यानहरूले बधाई दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट