मिथुन राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

मिथुन राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?

मंगलबार, ३ पौस २०८०

मंगलबार, ३ पौस २०८०

आज मिति २०८० साल पुष ३ गते मंगलबार । तदनुसार डिसेम्बर १९ तारिख २०२३ मार्ग शुक्ल पक्ष सप्तमी तिथि । आज बिहान ६ बजेर ४८ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर १२ मिनेटमा अस्ताउने छ ।



मेष

अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ ।

वृष

स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्ने छ । जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने स्थिति देखिन्छ । स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनु होला ।

मिथुन

रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ । आतिथ्यपूर्ण सत्कार पनि पाइने छ । प्रेम र मित्रताको बन्धन कसिने छ । धनलाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिने छ ।

कर्कट

शत्रुहरू स्वतस् किनारा लाग्ने छन् र प्रतिस्पर्धामा विजयी भइने छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्ने छ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिने छ ।

सिंह

सुरुमा कामको मेसो नमिल्दा व्यवहारमा पछि परिने छ । अरूका लागि बुद्धि खर्चनु पर्ला । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला ।

कन्या

हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ । तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्ने छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । पहिलेका सम्झौता तोड्नु पर्ने परिस्थिति आउन सक्छ ।

तुला

मिहिनेतले विभिन्न अवसर दिलाउने छ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइने छ । उद्योग तथा दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिने छ ।

वृश्चिक

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने छ । असल विचार र बुद्धिको उपयोगले विद्या, प्रसिद्धि र धन आर्जन हुने छ । मिहिनेतले सम्मानित स्थान दिलाउने छ ।

धनु

रमाइलो दिन छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिने छन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्ने छ । पुरुषार्थी काम सम्पादन गर्न सकिने छ ।

मकर

सुरुमा खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नु पर्ला । अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथी भाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ ।

कुम्भ

आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् । प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ ।

मीन

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लगनशीलताले विभिन्न अवसर दिलाउने छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट