चीनमा शक्तिशाली भूकम्प : सय जनाभन्दा बढीकाे मृत्यु, थुप्रै घाइते-Sutra News

चीनमा शक्तिशाली भूकम्प : सय जनाभन्दा बढीकाे मृत्यु, थुप्रै घाइते

मंगलबार, ३ पौस २०८०

मंगलबार, ३ पौस २०८०

काठमाडाैं । चीनको उत्तरपश्चिममा गएको भूकम्पमा परी कम्तीमा १ सय ११ जनाको मृत्यु भएको छ भने २ सय २० जनाभन्दा धेरै घाइते भएका छन् ।



चीनको सरकारी मिडियाका अनुसार गान्सु प्रान्तमा मध्यरातमा गएको भूकम्पले नजिकैको छिङहाई प्रान्तमा पनि धेरै भवनहरू ध्वस्त पारेको छ ।

भूकम्पको तीव्रता ५.९ र गहिराई १० किलोमिटर रहेको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले जनाएको छ । अहिले राहत तथा उद्धार कार्य जारी छ ।

सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार गान्सुमा ८६ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूले भत्किएका भवनहरूको भग्नावशेषबाट मानिसहरूलाई निकाल्ने प्रयास गरिरहेका छन् ।

यस क्षेत्रमा विद्युत र खानेपानी पनि अवरुद्ध भएको छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट