काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १७ औँ संस्करणका लागि मंगलरबा ‘अक्सन’ हुँदै छ । आगामी मार्च २३ तारिखदेखि सुरु हुने विश्व चर्चित फ्रेन्चाइज आईपीएलको अक्सन दुबई हुने भएको हो ।
अक्सन कार्यक्रम नेपाल समयअनुसार, १ः१५ बजे सुरु हुने समाचारमा जनाइएको छ । आगामी आईपीएलमा सहभागी हुने १० वटा टोलीले ‘अक्सन’मार्फत आफूले रुचाएका खेलाडी आफ्नो टिममा ल्याउने छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले ‘अक्सन’का लागि ३३३ खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको थियो । यसमार्फत अधिकतम ७७ जना खेलाडी खरिद गर्न पाइने छ । जसमा ३० खेलाडी विदेशी हुने छन् ।
‘अक्सन’मा १० टोलीले कूल दुई अर्ब ६२ करोड ९५ लाख भारतीय रुपैयाँ खर्च गर्न पाउने आर्थिक सीमा तोकिएको छ ।