काठमाडौं । मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य दुई सय रुपैयाँले वृद्धि भएको हो ।
मंगलबार छापावाला सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार मंगलबार तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ । सोमबारको तुलनामा प्रतितोला दुई सय रुपैयाँले नै वृद्धि भएको हो ।
मंगलबार चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँ तोकिएको छ । सोमबार चाँदी एक हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।