अप्ठ्याराेमा जेलेन्स्की, युराेपपछि अमेरिकाले पनि राेक्याे सहयाेग-Sutra News

अप्ठ्याराेमा जेलेन्स्की, युराेपपछि अमेरिकाले पनि राेक्याे सहयाेग

मंगलबार, ३ पौस २०८०

मंगलबार, ३ पौस २०८०

काठमाडाैं । रूस-युक्रेन युद्धमा युक्रेनलाई सहयाेग गरिरहेका देशहरू एकपछि अर्काे गर्दै पछि हट्न थालेका छन् । युरोपेली मुलुकपछि अब अमेरिकाले पनि युक्रेनलाई आर्थिक र सैन्य सहयोग राेकेकाे छ ।



अमेरिकी राष्ट्रपति जो बाइडेनले लगातार युक्रेनलाई सहयोग पठाउने आश्वासन दिइरहेका थिए तर, उनकाे प्रयास फलदायी भएन । सोमबार, युक्रेनलाई सहयोग गर्न बाइडेन सरकारले ल्याएको सहायता प्याकेजको प्रस्ताव सिनेटबाट फिर्ता भयाे ।

सोमबार अमेरिकी सिनेटमा सांसदहरुबीच सीमा सुरक्षा नीतिमाथि छलफल भएको थियो । यस विषयमा डेमोक्य्राट पार्टी र विपक्षी रिपब्लिकनबीच लामो समयदेखि गतिरोध चलिरहेको छ । तर, यसैबीच रिपब्लिकन पार्टीको विरोधका कारण बाइडेन सरकारले युक्रेनलाई पठाइने सहायतासम्बन्धी सम्झौताका लागि छलफलको प्रस्ताव ल्याएको थियो ।

११० अर्ब डलरको यो प्याकेजमा युक्रेन, इजरायल र अन्य देशको सुरक्षा आवश्यकता पूरा गर्ने प्रस्ताव थियो । तर, सांसदहरुले अझै धेरै काम बाँकी रहेकाले पछि छलफल गर्न सकिने बताएका छन् ।

सिनेटको अधिवेशन कहिलेसम्म चल्ने हो भन्ने अझै स्पष्ट भइसकेको छैन। सोमबार पनि सय सदस्यीय सदनमा आधा सांसद मात्रै मतदानका लागि पुगेका थिए ।

यसैबीच, युक्रेनका लागि आर्थिक प्याकेज ठप्प हुँदा, बाइडेन सरकारले जेलेन्स्कीलाई युक्रेनमा सहायता पठाउने वाचामा अनिश्चितताको बादल मडारिरहेको छ। यति मात्र होइन, अध्यागमन र सीमा सुरक्षाका विषयमा सिनेटमा भएको गतिरोधका कारण प्याकेज लामो समयसम्म अलपत्र रहने अनुमान गरिएको छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट