यस्तो छ एनसेल खरिद बिक्रीबारे प्रधानमन्त्रीको भनाइ-Sutra News

यस्तो छ एनसेल खरिद बिक्रीबारे प्रधानमन्त्रीको भनाइ

मंगलबार, ३ पौस २०८०

मंगलबार, ३ पौस २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा एनसेल खरिद बिक्री प्रकरणबारे छलफल गरेका छन् ।



समितिले सरकारमाथि उठेका प्रश्नहरूबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई बोलाएको थियो । बैठकमा एनसेल खरिद बिक्री प्रकरणसँगै सरकारले दिने सुशासनको अवस्थाबारे छलफल भएको छ ।

प्रचण्डले भने, ‘म कोप सम्मेलनका लागि दुबईमा भएको बेला एनसेल शेयर न्यून मूल्याङ्कन गरी खरिद बिक्रीको कुरा सुनेँ, भोलिपल्टै म नेपाल फर्किएर मुख्य सचिवलाई बोलाएर हाम्रो ऐन कानुनअनुसार, हाम्रो कर कानुनअनुसार ठिक छ कि छैन भन्ने बारेमा विज्ञप्ति जारी गराएँ, मैले सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई पनि निर्देशन दिएँ, यसबारे अध्ययनका लागि एक महिनाको समय दिएर टङ्कमणि शर्माको नेतृत्वमा छानबिन समिति बनाएको र समितिले काम थालिसकेको छ । समितिले दूरसञ्चार प्राधिकरण, आन्तरिक राजस्व कार्यालय लगायतका निकायबाट सम्पूर्ण विवरण मागेर काम थालेको छ । यसमा केही न केही भएको छ भनेर नै छानबिन समिति बनाएको हो । नेपालको कानुन विपरीत केहि भएको रहेछ भने हदैसम्मको कारबाही गर्ने छौँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट