टर्कीमा १२ सय अवैध आप्रवासी पक्राउ-Sutra News

टर्कीमा १२ सय अवैध आप्रवासी पक्राउ

मंगलबार, ३ पौस २०८०

मंगलबार, ३ पौस २०८०

काठमाडौं । टर्कीको सुरक्षा बलद्वारा गत नोभेम्बरमा उत्तर पश्चिमी प्रान्त एडिर्नेमा एक हजार २०९ जना अवैध आप्रवासीलाई पक्राउ गरिएको सरकारी टेलिभिजन टीआरटीले उल्लेख गरेको छ ।



पक्राउ परेका आप्रवासीहरूलाई आप्रवासन कार्यलयमा पठाइएको छ । प्रान्तीय कमाण्ड टोलीले अवैध आप्रवासनलाई रोक्न एडिर्नको शहरको केन्द्र तथा वरपरका जिल्लामा निरीक्षण कडा बनाएको छ ।

एडिर्ने ग्रीस र बुल्गेरियाको सिमाना नजिक रहेको क्षेत्र हो । टर्कीका आन्तरिक मन्त्री अली उर्लिकायाले देशको सबैभन्दा ठूलो शहर इस्तानबु्लमा मात्र नभई सबै प्रान्तका अवैध आप्रवासीहरुलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट