काठमाडौं । आगामी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) जारी छ ।
दुबईमा जारी अक्सनमा केही समयअघि मात्रै भारतलाई पराजित गर्दै एक दिवशीय क्रिकेट विश्वविजेता अष्ट्रेलियाका कप्तान २० करोड भारतीय रुपैयाँमा बिक्री भएका छन् । यो अहिलेसम्मकै सबैभन्दा ठूलो अक्सन हो ।
अष्ट्रेलियाका कप्तान प्याट कमिन्सलाई सनराइजर्स हैदरावादले ऐतिहासिक २०.५ करोडमा बेचेको छ ।