२१ सयको बिन्दुमा उक्लियो शेयर बजार-Sutra News

२१ सयको बिन्दुमा उक्लियो शेयर बजार

मंगलबार, ३ पौस २०८०

मंगलबार, ३ पौस २०८०

काठमाडौं । लगातार तेस्रो दिन पनि शेयर बजारमा उत्साह देखिएको छ । मंगलबार ४५.९८ अंकले बढ्दै बजार २१०६.४८ को बिन्दुमा उक्लिएको छ ।



मंगलबार समग्रमा २.२३ प्रतिशतले बजार बढ्यो भने सबैभन्दा धेरै होटल तथा पर्यटन क्षेत्रमा उत्साह देखियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार होटल तथा पर्यटन क्षेत्रमा ६.९४ प्रतिशतले बृद्धि हुँदा उत्पादन तथा निर्माण तथा प्रशोधन क्षेत्रमा ४.७४, जीवन बीमा क्षेत्रमा ३.१२, बैकिङ्ग क्षेत्रमा २.४६, लगानी क्षेत्रमा २.४३ र निर्जीवन बीमा २.०६ प्रतिशतले बृद्धि भयो । अन्यमा भने २ प्रतिशतभन्दा मुनिको बृद्धि भयो ।

नौ कम्पनीको मूल्यमा सर्किट

उत्साहपूर्ण बृद्धि भएको बजारमा नौ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्टक एक्सचेन्जका अनुसार बोटलर्स नेपाल लिमिटेड, मेरो माइक्रो फाइनान्स, उन्नती सहकारी लघुवित्त, सिवम् सिमेन्ट, नागरिक मिडियालगायतको मूल्यमा सर्किट लागेको छ ।

बोटलर्स नेपाल र नागरिक मिडियामा केही दिनदेखि नै सकारात्मक सर्किट लागिरहेको छ ।

नौ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको बजारमा सात कम्पनीको मूल्यमा नौ प्रतिशतभन्दा बढीको बृद्धि भएको नेप्सेले जनाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबारमा आएका २४३ कम्पनीमध्ये १८३ कम्पनीको मूल्यमा बृद्धि भयो भने ५३ कम्पनीको मूल्यमा केही गिरावट आयो । यस्तै, ७ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

घट्यो कारोबार रकम

बजार बढेको भएपनि सोमबारको तुलनामा कारोबार रकम भने केही घट्न पुग्यो ।

सोमबार छ अर्ब ८६ करोड रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको बजारमा मंगलबार भने पाँच अर्ब ९८ करोड रुपैयाँमा सीमित भयो । सोमबारको तुलनामा मंगलबार झण्डै एक अर्बले कारोबार घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सर्वाधिक शिवम्, सोल्टी होटल, सोना मिनरल्स, हाथवे इन्भेष्टमेन्ट, घोराही सिमेन्टलगायतको कारोबार भएको थियो । मंगलबार सिवम् सिमेन्टको छ लाख ४८ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कारोबार रकम ३७ लाख ४३ हजार रुपैयाँ बराबरको भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट