काठमाडौं । आगामी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) जारी छ । दुबईमा भएको अक्सनमा चेन्नाई सुप्पर किङ्सले न्युजिल्याण्डका स्टार अलराउण्डर डेरिल मिचेललाई १४ करोड दिएको छ ।
आईपीएल २०२४ को लिलामीमा चेन्नाई सुप्पर किङ्सले मिचेललाई १४ करोड भारु बोली लगाएर आफ्नो टोलीमा समावेश गरेको हाे । मिचेलको आधार मूल्य १ करोड थियो ।
उनलाई चेन्नाई सुप्पर किङ्सले १४ गुणा बढी रकममा अनुबन्ध गरेको हो । यसअघि, डेरिल मिचेल गत सिजनमा राजस्थान रोयल्सबाट खेलेका थिए । त्यसबेला उनले दुई खेल मात्र खेलेका थिए ।