काठमाडौं । आगामी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनमा सबैभन्दा महंगो खेलाडी अष्ट्रेलियाका मिचेल स्टार्क बनेका छन् ।
दुबईमा जारी अक्सनमा उनलाई कोलकत्ता नाइट राइटर्सले २४ करोड ७५ लाख भारुमा किनेको हो । यो क्लबमा भारतीय अभिनेता शाहरुख खानको लगानी रहेको छ । स्टार्कको न्यूनतम मूल्य दुई करोड राखिएको थियो ।
यसअघि एक दिवशीय क्रिकेट विश्वविजेता अष्ट्रेलियाका कप्तान प्याट कमिन्सलाई सनराइजर्स हैदरावादले ऐतिहासिक २० करोड ५० लाख भारु दिएको थियो ।
कमिन्सलाई पछि पार्दै मिचेलले सबैभन्दा धेरै रकम पाएको हो । यो मूल्य आईपीएलमा अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
स्टार्क बिग म्याच प्लेयर हुन् । उनको बलको सामना गर्न विपक्षी ब्याटरलाई सहज हुँदैन । २०१५ र २०२३ को एक दिवसीय विश्वकप उपाधि जिताउन उनको प्रदर्शन महत्वपूर्ण थियो ।