रेलमा आगलागी हुँदा चार जनाको मृत्यु-Sutra News

रेलमा आगलागी हुँदा चार जनाको मृत्यु

मंगलबार, ३ पौस २०८०

मंगलबार, ३ पौस २०८०

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा मंगलबार रेलको डिब्बामा आगजनी हुँदा चार जनाको मृत्यु भएको छ । घटना आज बिहान ०५ बजेतिर भएको हो ।



प्रतिपक्षी दलले आगामी महिना हुने राष्ट्रिय निर्वाचन अगावै सरकारले राजीनामा दिनु पर्ने माग गर्दै आह्वान गरेको देशव्यापी बन्दका क्रममा आगजनी भएको बताइएको छ ।

तीन वटा अग्नी नियन्त्रक घटनास्थलमा पुगेका छन् । रेलबाट बाहिर निस्कने क्रममा थुप्रै मानिसहरू घाइते भएको रेलमन्त्री नुरुल इस्लाम सुजनले पत्रकारलाई जानकारी दिए ।

बंगलादेशको प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र यसका सहयोगीले जनवरी ७ को आम निर्वाचन नजिकिएसँगै मंगलबार बिहानदेखि साँझसम्म हडतालको आह्वान गरेका छन् ।

आन्दोलनले ढाका र अन्य ठाउँमा अक्टोबरको अन्त्यदेखि लगातार प्रहरी तथा मजदुर बीचको घातक झडप बढाउँदै लगेको छ । साथै सवारी साधनको तोडफोड र आगजनीका यस्ता थुप्रै घटना निम्त्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट