नबिल बैंकको डिबेन्चरमा मागभन्दा बढी आवेदन-Sutra News

नबिल बैंकको डिबेन्चरमा मागभन्दा बढी आवेदन

मंगलबार, ३ पौस २०८०

मंगलबार, ३ पौस २०८०

काठमाडौं । नबिल बैंकले बिक्री खुला गरेको डिबेन्चरमा मागभन्दा बढी आवेदन दिएको छ । मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म आवेदन खुलेको उक्त डिबेन्चरमा मागभन्दा बढी आवेदन परेको हो ।



बैंकले निष्काशन गरेको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बिक्री पुस ३ गते बैंकिङ समय पश्चात् बन्द भएको हो । प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्काशन गरिएकोमा पहिलो पटक दिएको समयमा नै सबै डिबेन्चर बिक्री भएको बैंकले जनाएको छ ।

बैंकले बिक्रीमा ल्याएको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री खुल्ला गरिएको थियो ।

सर्वसाधारणलाई छुट्टाइएको १२ लाख कित्तामध्ये पाँच प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक कोषका लागि समेत समावेश गरिएको थियो । यस सात वर्षे ऋणपत्रमा लगानीकर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिलले जनाएको छ ।

बैंकले हाल २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । यस बैंकबाट १८ लाखभन्दा बढी ग्राहकले बैंकिङ सेवा लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट