आजको राशीफल : तपाईंको दिन कस्तो ?-Sutra News

आजको राशीफल : तपाईंको दिन कस्तो ?

बुधबार, ४ पौस २०८०

बुधबार, ४ पौस २०८०

आज मिति २०८० साल पुष ४ गते बुधबार । तदनुसार डिसेम्बर २० तारिख २०२३, मार्ग शुक्ल पक्ष अष्टमी तिथि । आज बिहान ६ बजेर ४९ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर १२ मिनेटमा अस्ताउने छ ।



मेष

परिस्थितिवश केही समस्यामा अल्झनु पर्ने देखिन्छ । अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ । अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ । जीवनशैली व्यस्त रहे पनि कम महत्त्वका काममा समय बित्ने छ ।

वृष

महत्त्वाकांक्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ । जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउने छ । वादविवादमा अघि नसर्नुहोला । मिहिनेतले छोटो समयमा फाइदा दिलाउने छ ।

मिथुन

कामको चाप बढ्ने छ । केही दौडधुप गर्नु परे पनि फाइदा हुनेछ । भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहने छ । दिगो काम प्रारम्भ हुन सक्छ । पुरुषार्थी कामले प्रतिष्ठा जोगाउन सफल भइने छ ।

कर्कट

प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइने छ । फाइदाको स्रोत पहिल्याउन सकिने छ । प्रयत्न गरेका काम सजिलै सम्पादन हुने छन्। सेवामूलक कामबाट धनलाभ हुनेछ ।

सिंह

तत्काललाई सानो फाइदा हेर्दा पछि पछुतो लाग्न सक्छ । बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइने छ । तत्काल योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउने छ ।

कन्या

आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिने छन् । कृषिकर्म र व्यावसायिक काममा मनग्य लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

तुला

विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्ने छन् । सहयोगीहरूले साथ दिने छन् भने रोकिएका काम पनि सम्पादन हुने छन् । बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिने छ ।

वृश्चिक

आकर्षक उपहारले उत्साह जगाउने छ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्ने छन् । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ ।

धनु

जटिल कामले लोभ्याउनेछ तर खर्च पनि उत्तिकै लाग्न सक्छ । बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ । व्यवसायमा लगानी बढाउनु पर्ने परिस्थिति आउन सक्छ ।

मकर

आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिने छ । विभिन्न स्रोत–साधन जुट्ने छन् । सञ्चित धन उपयोग गर्दा पनि फाइदै हुनेछ । मनग्गे रकम हातलागी हुनेछ तर दायित्व पनि बढ्न सक्छ ।

कुम्भ

पुरुषार्थी काम सम्पन्न गर्ने समय छ । प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउने छ । प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ । कामले नाम, दाम र इनाम दिलाउन सक्छ ।

मीन

धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ । व्यापार व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ । विशेष अवसरले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट