भूकम्पमा परी चीनमा १३१ जनाको मृत्यु-Sutra News

भूकम्पमा परी चीनमा १३१ जनाको मृत्यु

बुधबार, ४ पौस २०८०

बुधबार, ४ पौस २०८०
Shanghai urban skyline and the bund, China.

काठमाडौं । चीनको उत्तर पश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुगेको छ । भूकम्पमा परी बुधबार बिहान ९ बजेसम्म घाइतेको संख्या ७८२ पुगेको छ ।



भूकम्पले छिङहाइ प्रान्तमा १८ जनाको ज्यान लिएको स्थानीय अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका छन् । बिहान ५ः३० बजेसम्म, प्रकोपका कारण क्विङहाइमा १९८ जना घाइते भएको रिपोर्ट गरिएको छ । अन्य १६ जना अझै बेपत्ता छन् ।

चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार भूकम्प राति ११ बजेर ५९ मिनेटमा गएको हो । भूकम्पको केन्द्र गान्सु प्रान्तको जिशिशानको बोनान–डोङ्सिआङ–सालार स्वायत्त काउन्टीबाट करिब आठ किलोमिटर टाढा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट