धान्याञ्चल बचतको चौधौं वार्षिक साधारण सभा सम्पन्न-Sutra News

धान्याञ्चल बचतको चौधौं वार्षिक साधारण सभा सम्पन्न

मंगलबार, ३ पौस २०८०

मंगलबार, ३ पौस २०८०

काठमाडौं । धान्याञ्चल बचत तथा ऋण सहकारी संस्था लि., बनस्थली, काठमाडौंको चौधौं वार्षिक साधारण सभाले संस्थाका अध्यक्ष भविश्वर घिमिरेद्वारा प्रस्तुत आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।



दुङ्गेधारा, काठमाडौंमा आयोजित सो साधाराण सभाले लेखा समितिको प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन समेत पारित गरेको छ । आगामी आ.व. २०८०/०८१ को लागि लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध हुँदै विविध विषयहरु साधारण सभामा पारित भएको छ ।

चालु आ.व.मा संस्थाको शेयरपूँजी २ करोड ९४ लाख ४८ हजार ६ सय रुपैयाँको भएको छ भने बचत निक्षेप ७ करोड ७७ लाख १४ हजार ७ सय १९ रुपैयाँ १० पैसाको हुन आएको छ । जगेडाकोष ३६ लाख ८१ हजार ६ सय ६५ रुपैयाँ ५६ पैसाको भएको सो सहकारीको विविध कारोवार गरि चालु आ.व.मा कूल कारोवार १३ करोड ७३ लाख ७० हजार ८ सय ६३ रुपैयाँ १४ पैसाको भएको छ ।

विभिन्न समाजसेवी, सहकारी अभिन्यता लगायतको उपस्थित रहेको सो साधारण सभामा नेपाली कांग्रेसका नेता डा. सशांक कोइरालाको प्रमुख आतित्थ्य तथा संस्थाका अध्यक्ष भविश्वर घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो । साथै, १० प्रतिशत लाभांश प्रदान गरिने निर्णय समेत साधारण सभाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट