बुढानिलकण्ठ विजनेस सहकारीमा मानन्धरको नेतृत्व-Sutra News

बुढानिलकण्ठ विजनेस सहकारीमा मानन्धरको नेतृत्व

सोमबार, २ पौस २०८०

सोमबार, २ पौस २०८०

काठमाडौं । बुढानिलकण्ठ विजनेस बचत तथा ऋण सहकारी संस्था लि., न्यूरोड, काठमाडौंको चौधौं वार्षिक साधारण सभाले संस्थाको संचालक समितिद्वारा प्रस्तुत प्रतिवेदन पारित गरेको छ ।



न्यूरोड, काठमाडौंमा हालै सम्पन्न सो साधारण सभाले लेखा समितिको प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन आगामी आ.व.को लागि परिक्षक नियुक्ती निजको पारिश्रमिक तोक्ने सम्बन्ध हुँदै अन्य विविध विषयहरु साधारण सभामा पारित भएको छ ।

साधारण सभामा प्रस्तुत प्रतिवेदनमा चालु आ.व.मा संस्थाको शेयरपूँजी ५३ लाख ८६ हजार ८ सय रुपैयाँको भएको छ भने निक्षेप संकलन ३ करोड ७५ लाख ३९ हजार ८ सय ७९ रुपैयाँ ९८ पैसाको हुन आएको छ । जगेडाकोष २४ लाख ६ सय ३० रुपैयाँ ३ पैसाको भएको सो सहकारीको चालु आ.व.मा कूल कारोवार ४ करोड ९० लाख २३ हजार ४ सय ८६ रुपैयाँ १८ पैसाको हुन आएको छ ।

जनप्रतिनीधि, समाज सेवी लगायतको उपस्थिती रहेको सो साधारण सभाले संस्थाको आगामी कार्यकालको लागि अध्यक्षमा अनुप लाल मानन्धरलाई चयन गरेको छ । साधारण सभा निवर्तमान अध्यक्ष सगुन सुन्दर लावतीको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट