प्रो–एड सहकारीले १८ प्रतिशत लाभांश वितरण गर्ने साधारण सभा सम्पन्न-Sutra News

प्रो–एड सहकारीले १८ प्रतिशत लाभांश वितरण गर्ने साधारण सभा सम्पन्न

मंगलबार, ३ पौस २०८०

मंगलबार, ३ पौस २०८०

काठमाडौं । प्रो–एड बहुउद्देश्यीय सहकारी संस्था लि., बानेश्वर, काठमाडौंको सोह्रौं वार्षिक साधारण सभाले संचालक समितिद्वारा प्रस्तुत प्रतिवेदन पारित गरेको छ ।



हालै बानेश्वर, काठमाडौंमा सम्पन्न सो साधारण सभाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आ.व. २०७९/०८० को लेखा परिक्षण प्रतिवेदन तथा आ.व. २०८०/०८१ को बजेट तथा संस्थाको कार्यक्रम समेत साधारण सभामा पारित भएको छ ।

आगामी आ.व.को लागि लेखा परिक्षक नियुक्ती गर्दै नीजको पारिश्रमिक तोक्ने सम्बन्धको साथै अन्य विविध विषयहरु साधारण सभाले पारित गरेको छ ।

चालु आ.व.मा संस्थाको शेयरपूँजी ३ करोड ७३ लाख ३७ हजार ३ सय रुपैयाँको भएको छ भने जगेडाकोष १० करोड ९ लाख ४५ हजार ३ सय ६ रुपैयाँ ५० पैसाको हुन आएको छ । चालु आ.व.को निक्षेप दायित्व ६६ करोड ७५ लाख ४० हजार ५ सय २३ रुपैयाँ २३ पैसाको भइरहँदा अन्य विविध कारोवार गरि संस्थाको कूल पूँजी तथा दायित्व ८७ करोड ८९ लाख १८ हजार ३ सय ४३ रुपैयाँ ७९ पैसाको भएको छ ।

१८ प्रतिशत लाभांश समेत वितरण गर्ने निर्णय गर्दै सम्पन्न सो साधारण सभाले आगामी कार्यकालको लागि संचालक समितिको अध्यक्षमा शुभाषचन्द्र भण्डारीलाई चयन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट