प्राकृतिक बचतको साधाण सभाले १० प्रतिशत लाभांश बाँड्यो-Sutra News

प्राकृतिक बचतको साधाण सभाले १० प्रतिशत लाभांश बाँड्यो

सोमबार, २ पौस २०८०

सोमबार, २ पौस २०८०

काठमाडौं । हालै सम्पन्न प्राकृतिक बचत तथा ऋण सहकारी चापागाउँ, ललितपुरको चौधौं वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।



च्यासल, ललितपुरमा सम्पन्न सो साधारण सभामा लेखा सुपरिवेक्षण समितिद्वारा प्रस्तुत प्रतिवेदन, आ.व. २०७९/०८० को लेखा परिक्षण प्रतिवेदन पनि पारित भएको छ । त्यसैगरि आगामी आ.व. को लागि लेखा परिक्षक नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध हुँदै आ.व. २०८१/०८२ को अनुमानित बजेट सम्बन्धको साथमा अन्य विविध विषयहरु साधारण सभामा पारित भएको छ ।

साधारण सभामा प्रस्तुत वासलात हिसाव अनुसार चालु आ.व.मा संस्थाको शेयरपूँजी ६ करोड ६३ लाख ४८ हजार ९ सय रुपैयाँको भएको छ भने १ करोड ८० लाख ९३ हजार ८ सय ३१ रुपैयाँ १५ पैसा जगेडाकोषमा दाखिला भएको छ । चालु आ.व.मा निक्षेप दायित्व ३९ करोड ६६ लाख ६१ हजार १५ रुपैयाँ १० पैसा हुँदा ऋण लगानी २९ करोड ८३ लाख ६७ हजार ९ सय ८७ रुपैयाँ ३६ पैसाको भएको छ ।

यसैगरी, अन्य विविध करोवार गरि यस वर्ष संस्थाको जम्मा पूँजी तथा दायित्व ८२ करोड ८३ लाख ७८ हजार ४ सय ३५ रुपैयाँ ९० पैसाको हुन आएको छ । १० प्रतिशत लाभांश समेत वितरण गरिएको सो साधारण सभामा संस्था सँग सम्बन्धित उत्कृष्ट कारोवारी तथा पत्रकार समेतलाई सम्मान गरिएको थियो ।

संचालक समितिमा रिक्त रहेको पदपूर्ति समेत गर्दै सहकारी अभियन्ता ओम देवी मल्लको प्रमुख आतित्थ्य तथा संस्थाका अध्यक्ष कृष्ण प्रसाद तिमल्सिनाको सभापतित्वमा साधारण सभा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट