आजको राशिफल : तपाईंको दिन कति शुभ ?-Sutra News

आजको राशिफल : तपाईंको दिन कति शुभ ?

बिहिबार, ५ पौस २०८०

बिहिबार, ५ पौस २०८०

आज मिति २०८० साल पुष ५ गते बिहीबार । तदनुसार डिसेम्बर २१ तारिख २०२३ मार्ग शुक्ल पक्ष नवमी तिथि। आज बिहान ६ बजेर ४९ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर १३ मिनेटमा अस्ताउने छ ।



मेष

मन प्रसन्न रहने छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । तारिफ योग्य कामले सामाजिक दायित्व दिलाउने छ । विभिन्न भौतिक साधनहरू पनि जुटाउन सकिने छ ।

वृष

एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । विशेष योजनाहरू बन्ने छन् । पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काम थालनी हुनेछ ।

मिथुन

अस्वस्थताले काममा बाधा पर्ने देखिन्छ । आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउने छ ।

कर्कट

प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । काममा साथीभाइको सहयोगले उत्साह मिल्ने छ । भौतिक साधन जुट्नाले काम सजिलै सम्पादन हुनेछ ।

सिंह

प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र काममा फाइदा उठाउन सकिने छ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ ।

कन्या

प्रयत्न गरेका काम सजिलै सम्पादन हुने छन् । सेवामूलक कामबाट धनलाभ हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेतले नयाँ अवसर दिलाउने छ ।

तुला

योजना तत्काल सार्वजनिक नगर्नु होला । कृषिबाट सामान्य लाभ हुनेछ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनु होला । आमाको माध्यमबाट केही काम बनाउन सकिने छ ।

वृश्चिक

विशेष उपहार समेत हातलागी होला । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइने छ ।

धनु

नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

मकर

बिछोडिएका आफन्तसँग भेटघाट होला । रोकिएको काम बन्न थाल्नेछ । व्यापारमा पनि मनग्य धनलाभ हुनेछ । नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ ।

कुम्भ

आक्षेप लगाउनेहरू सक्रिय हुने छन् भने सहयोग गर्नेहरू कमै भेटिने छन् । अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला । अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ ।

मीन

उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट