गरिमा विकास बैंकले लाभांश बाँढ्दै, कति दिँदैछ मुनाफा ?-Sutra News

गरिमा विकास बैंकले लाभांश बाँढ्दै, कति दिँदैछ मुनाफा ?

बिहिबार, ५ पौस २०८०

बिहिबार, ५ पौस २०८०

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको मुनाफा १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।



मुनाफाबाट शेयर धनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने बैंकले जनाएको हो । पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश गरी कूल १० प्रतिशतका दरले लाभांश वितरण गर्ने छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट