एक घण्टा बन्द भएपछि खुल्यो ट्वीटर-Sutra News

एक घण्टा बन्द भएपछि खुल्यो ट्वीटर

बिहिबार, ५ पौस २०८०

बिहिबार, ५ पौस २०८०

काठमाडौं । विश्वका सबैभन्दा धनी एलन मस्कको कम्पनी ट्वीटर अर्थात एक्स एक घण्टासम्म डाउन भएर पुन: खोलिएको छ । सामाजिक सञ्जाल एक्सको सेवा करिब एक घण्टा बन्द भएको हो ।



सेवा बन्द भएपछि प्रयोगकर्ताले पोस्ट गर्न वा हेर्न पाएका थिएनन् । बिहीबार बिहान करिब ११ बजेदेखि नेपालसहित विश्वभरका प्रयोगकर्ताले एक्सको सुविधा नपाएको हो ।

पोस्टको ठाउँमा प्रयोगकर्ताहरूले ‘एक्समा स्वागत छ’ लेखिएको देखेका थिए । यसअघि यसै वर्षको मार्च र जुलाईमा पनि एक्समा समस्या आएको थियो ।

हाल विश्वभर एक्समा ३३ करोड प्रयोगकर्ता छन् । अमेरिकामा मात्रै ९.५ करोड र प्रयोगकर्ता छन् । यो कम्पनी अक्टोबर २७, २०२२ मा मस्कले ४४ अर्ब डलरमा किनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट