कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु, १३ घाइते-Sutra News

कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु, १३ घाइते

बिहिबार, ५ पौस २०८०

बिहिबार, ५ पौस २०८०
Shanghai urban skyline and the bund, China.

काठमाडौं । उत्तरपूर्वी चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । घटनामा १३ जना घाइते भएको राज्य नियन्त्रित सञ्चार माध्यमले जनाएको छ ।



स्थानीय समयअनुसार घटना दिउँसोको ३ः५० बजे हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भागस्थित कोइला खानीमा भएको राज्य प्रसारक सीसीटीभीले जनाएको छ ।

दुर्घटनामा १२ जनाको मृत्यु तथा १३ जना घाइते भएको हो । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । थप अनुसन्धान भइरहेको सीसीटीभीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट