एनसेल बिक्रीविरुद्ध विरोध गर्ने प्रदर्शनकारी पक्राउ-Sutra News

एनसेल बिक्रीविरुद्ध विरोध गर्ने प्रदर्शनकारी पक्राउ

बिहिबार, ५ पौस २०८०

बिहिबार, ५ पौस २०८०

काठमाडौं । काठमाडौंको माइतीघरमा प्रदर्शनका क्रममा १७ जना अधिकारकर्मी पक्राउ परेका छन् । एनसेलको सेयर खरिद बिक्री राज्यविरुद्धको अपराध हो भन्दै विरोध प्रदर्शनमा उत्रिएका उनीहरूलाई पक्राउ गरिएको हो ।



पक्राउ पर्नेमा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकारहरु उत्तम पुडासैनी र गोविन्द खनाल, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणि बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनीलगायत रहेका छन् ।

उनीहरुलई प्रहरीले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखेको छ । प्रदर्शनमा सहभागीले एनसेल घोटालामा प्रधानमन्त्री पूर्व प्रधानमन्त्री सहभागी भएको भन्दै कारबाही माग गरेका थिए ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सिंगापुर भ्रमणमा भएका डिलहरुबारे छानबिन हुनुपर्ने, यो प्रकरणमा विश्वसनीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने लगायतको माग राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट