युद्धमा मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार नाग्यो-Sutra News

युद्धमा मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार नाग्यो

बिहिबार, ५ पौस २०८०

बिहिबार, ५ पौस २०८०
फाइल तस्बिर

काठमाडौं । गत अक्टोवरमा ७ मा इजरायली आक्रमण सुरु भएदेखि डिसेम्बर २० सम्म गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार नाघेको छ ।



हमास निकट सञ्चार कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार पीडितमध्ये आठ हजारभन्दा बढी बालबालिका, छ हजार २०० महिला छन् ।

आक्रमणमा ५२ हजारभन्दा बढी ब्यक्तिहरू घाइते भएका छन् भने छ हजार सात सय बढी बेपत्ता भएका छन् । इजरायली हमलामा कूल तीन सय दश चिकित्सा कर्मचारी, ३५ सैन्य कर्मचारी तथा ९७ जना पत्रकारहरूको मृत्यु भएको विवरण थप भएको छ ।

हमलामा हेब्रोन र बेथलेहेमका वेस्ट बैंक सहरमा इजरायली सैनिकसँगको झडपमा दुई प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

इजरायली तालिकाअनुसार इजरायलले अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणको बदलामा गाजामा निरन्तर आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट