काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दुई साता अमेरिका र चीन भ्रमणमा पौने ५ करोड रुपैयाँ खर्च भएको खुलेको छ ।
संयुक्त राष्ट्रसंघको ७८ औँ महासभा र चीनको औपचारिक भ्रमणका गएका प्रधानमन्त्रीको प्रतिनिधि मण्डलका लागि चार करोड ७४ लाख २ हजार रुपैयाँ भुक्तानी भएको अर्थ मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री भदौ ३० मा अमेरिका प्रस्थान गरेका थिए भने असोज ५ मा चीन पुगेका थिए । सो क्रममा उनी एसियन गेमको उद्घाटन कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएका थिए ।