कालोबजारी गर्नेसँग ८ लाख अमेरिकी डलर जरिवाना संकलन-Sutra News

कालोबजारी गर्नेसँग ८ लाख अमेरिकी डलर जरिवाना संकलन

बिहिबार, ५ पौस २०८०

बिहिबार, ५ पौस २०८०

काठमाडौं । श्रीलंकाको उपभोक्ता मामिला प्राधिकरण (सीएए)ले बिहीबार यस वर्षको सुरुदेखि तेस्रो हप्तासम्म गरिएको छापामारीमा करिब २६ करोड रुपैयाँ (८ लाख अमेरिकी डलर) जरिवाना संकलन गरेको जनाएको छ ।



प्राधिकरणका अध्यक्ष शान्था निरिएलाले उपभोक्ता ऐनविपरीत गरिएका कारोबारविरुद्ध २२ हजार स्थानमा छापा मारी कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिएका थिए ।

कारबाही पर्नेमा प्रायः चर्को मूल्यमा सामान बेच्ने, कृत्रिम तरिकाले अभाव देखाउन मौज्दात राख्ने, म्याद नाघेका सामान बेच्ने र मूल्य अंकित नगरी सामान बेच्ने लगायतका छन् ।

चाडपर्वलाई ध्यानमा राख्दै यो महिना हालसम्म एक हजार १८५ छापा मारिएको छ । हेरक वर्ष क्रिसमस र नयाँ वर्षका समयमा उपभोक्तालाई ठग्ने गतिविधि व्यापक बढेको पाइन्छ ।

आर्थिक मन्दीले ग्रस्त श्रीलंकाले कालोबजारीविरुद्ध निर्मम तरिकाले कारबाही अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट