कर्कट राशीलाई लाभ, तपाईंको दिन कस्तो ?-Sutra News

कर्कट राशीलाई लाभ, तपाईंको दिन कस्तो ?

शुक्रबार, ६ पौस २०८०

शुक्रबार, ६ पौस २०८०

आज मिति २०८० साल पुष ६ गते शुक्रबार । तदनुसार डिसेम्बर २२ तारिख २०२३ मार्ग शुक्ल पक्ष दशमी तिथि । बिहान ६ बजेर ५० मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर १३ मिनेटमा अस्ताउने छ ।



मेष

आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । साथीभाइको सहयोगले हिम्मत दिलाउने छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहने छ ।

वृष

धर्ममा श्रद्धा र परोपकारमा मन जाने छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । आस मारेको कामले उत्साह जगाउने छ । सानो प्रयत्नले ठूलो काम बन्ने छ । सामाजिक काममा रुचि बढ्ने छ ।

मिथुन

श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नु होला ।

कर्कट

घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहने छ । अतिथिका रूपमा सत्कार पाइने छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ ।

सिंह

पहिलेको सफलताले हौसला जगाउने छ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । शत्रु परास्त हुने छन् भने रोगबाट उन्मुक्ति मिल्ने छ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहने छ ।

कन्या

अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । फाइदाको स्रोत पहिल्याउन सकिने छ ।

तुला

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग होला । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउला ।

वृश्चिक

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुने छन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिने छ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइने छ ।

धनु

अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउने छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ ।

मकर

आँटेको काम तत्काल बन्ने छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउने छ । नयाँ कामको प्रस्ताव आउने छ भने सहयोगीले साथ दिने छन् ।

कुम्भ

कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ । साथीभाइसँग असमझदारी बढ्ला । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन् ।

मीन

मिहिनेत गर्दा छोटो समयमै काम बनाउन सकिने छ । विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट