ग्लोबल आइएमईको ‘घर कर्जा योजना’: १२ करोडसम्म कर्जा, ब्याजदर ९.९९ प्रतिशत-Sutra News

ग्लोबल आइएमईको ‘घर कर्जा योजना’: १२ करोडसम्म कर्जा, ब्याजदर ९.९९ प्रतिशत

शुक्रबार, ६ पौस २०८०

शुक्रबार, ६ पौस २०८०

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा रु. १२ करोडसम्म कर्जा सिमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।



बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो । साथै, उक्त विशेष घर कर्जा योजनाअन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहनु भएका महानुभावहरुले सहज रुपमा कर्जा सार्न सकिने जनाइएकाे छ ।

यस विशेष घर कर्जा योजनाअन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढिको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा रु. १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउनेछन् ।

बैंकले ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रही आवश्यक कागजातहरु पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्रवाह गर्नेछ ।

जनाइएअनुसार याे याेजना देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका ३५५ वटा शाखाहरुबाट यो सुविधा उपभोग गर्न सकिनेछ । सार्वजनिक याेजना सिमित अवधिको लागि ल्याइएको बैंकले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट