आज शनिबार तपाईंको दिन कस्तो ?-Sutra News

आज शनिबार तपाईंको दिन कस्तो ?

शनिबार, ७ पौस २०८०

शनिबार, ७ पौस २०८०

आज मिथि २०८० साल पुष ७ गते शनिबार । तदनुसार डिसेम्बर २३ तारिख २०२३ मार्ग शुक्ल पक्ष द्वादशी तिथि । आज बिहान ६ बजेर ५० मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर १४ मिनेटमा अस्ताउने छ ।



मेष

आफ्नो प्रतिफल अरूले हत्याउने चेष्टा गर्ने छन् । लाभको अवसर मिले पनि फाइदा अरूलाई सुम्पनुपर्ने हुन सक्छ । धनमाल सुरक्षामा ध्यान पुर्याउनु होला ।

वृष

व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्ने छ । विशिष्ट व्यक्तिको सहयोग जुट्ने छ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मिथुन

सामाजिक काममा रुचि बढ्ने छ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइने छ । अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ । धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउने छ ।

कर्कट

स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनु होला । गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । आफ्नो वस्तुमा अरूले दाबी गर्लान् । बनिसकेको काम दोहोर्याउनु पर्ने हुन सक्छ ।

सिंह

व्यवसायले रमाइलो यात्रा गराउन सक्छ । प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । सोखले मालमत्ता जुटाउन प्रेरित गर्ने छ ।

कन्या

शत्रुहरू किनारा लाग्ने छन् भने प्रतिस्पर्धामा विजयी भइने छ । पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्ने छन् । व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुने समय छ ।

तुला

प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिने छ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्ने छ ।

वृश्चिक

मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ । रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नु पर्ला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूबाट सावधान रहनु होला ।

धनु

पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा पनि मनग्गे धनलाभ हुने छ । सेवामूलक कामबाट प्रतिष्ठा पाइने छ ।

मकर

नयाँ काम प्रारम्भ हुनेछ । बेसुरमा वचन दिने बानीले भने समस्या निम्त्याउने छ । सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनु पर्ला । आर्थिक क्रियाकलापमा सामान्य फाइदा हुनेछ ।

कुम्भ

बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिने छ । व्यवसायतर्फ भने हिसाबकिताबमा अलि होसियार रहनु होला ।

मीन

समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । आफ्नाबाटै टाढिनु पर्ने परिस्थिति आउन सक्छ । अवसरका लागि निकै दौडधुप गर्नु पर्ला । यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट