काठमाडौं । यो साता विश्व बजारमा सुनको मूल्य बढेको छ । गत साता एक हजार ६ सय रुपैयाँ बढेको सूनको मूल्य यो साता दुई हजार रुपैयाँले बढेको हो ।
नेपाली बजारमा साताको पहिलो दिन आइतबार छापवाला सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ८०० रुपैयाँ तोकिएको थियो । यो मूल्य साताको अन्तिम कारोबार दिन शुक्रबारसम्म आइपुग्दा एक लाख १९ हजार ८०० रुपैयाँ कायम भएको छ ।
स्थानीय बजारमा सोमबार छापावाला सुनको मूल्य स्थिर हुँदा मंगलबार दुई सय रुपैयाँले बढेर एक लाख १८ हजार रुपैयाँ पुगेको थियो ।
बुधबार एक लाख १८ हजार ४५० रुपैयाँ तोकिँदा बिहीबार पनि स्थिर रहेको थियो ।
यो साता चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार एक हजार ४५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।