काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा रहेको बताएका छन् ।
शनिबार पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले राष्ट्र एउटा दोधारमा उभिएको बताएका हुन् ।
उनले अहिलेको बेला सबै मिलेर र खास गरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न आवश्यक रहेको बताए ।
उनले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्त्वपूर्ण भएको बताउँदै यो व्यवस्था समावेशितामा आधारित व्यवस्था भएको दाबी गरे ।