यस कारण निन्द्रा माया मार्न हुँदैन !-Sutra News

यस कारण निन्द्रा माया मार्न हुँदैन !

शनिबार, ७ पौस २०८०

शनिबार, ७ पौस २०८०

काठमाडौं । पर्याप्त निद्रा स्वास्थ्यका लागि धेरै महत्त्वपूर्ण हुन्छ । निद्राको कमीले शारीरिक र मानसिक समस्याहरूको सामना गर्नु पर्ने हुन सक्छ ।



भर्खरै गरिएको एक अध्ययनले निद्राको कमी र मानसिक अवस्थाबीचको सम्बन्धलाई उजागर गरेको छ । यस अध्ययनमा विगत पाँच दशकमा गरिएको १५४ अध्ययनलाई विश्लेषण गरी निद्राको कमीका कारण मानिसमा चिन्ता र दु:खी हुने खतरा बढेको पाइएको थियो ।

अध्ययनका अनुसार कुनै पनि प्रकारको निद्रा गडबडीले चिन्ता र मुड खराब हुने लक्षणहरू देखा पर्दछ । यस कारणले मानिसहरू क्रोधित, असन्तुष्ट र थकित हुने बढी जोखिममा रहेको देखिएको छ ।

अनुसन्धानमा निन्द्राको कमीका कारण मुटुसम्बन्धी रोग, डिमेन्सिया, मोटोपना वा अन्य रोगको जोखिम बढ्छ । त्यसैले पर्याप्त निद्रा लिनु अति आवश्यक छ । एक वयस्कलाई दिनमा ७ घण्टा निन्द्रा चाहिन्छ । तर, यस अध्ययनका लेखकका अनुसार करिब ३० प्रतिशत वयस्क र ९० प्रतिशत किशोरकिशोरी निद्राको कमीबाट पीडित छन् ।

यस अध्ययनबाट यो बुझ्न सकिन्छ कि पर्याप्त सुत्नु धेरै महत्त्वपूर्ण छ । जीवन शैलीले निद्राको कमीमा धेरै महत्त्वपूर्ण भूमिका खेल्छ । जसलाई परिवर्तन गरेर राम्रो र पूर्ण निद्रा पाउन सकिन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट