काठमाडौं । नेपाल आयल निगम लिमिटेडले कार्यकारी निर्देशक पदका लागि दरखास्त आव्हान गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमको कार्यकारी निर्देशक नियुक्ति गर्न गठित सिफारिस समितिले सूचना जारी गरी दरखास्त आह्वान गरेको हो ।
सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र कार्यालय समयमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबारमा दरखास्त दिन सकिने छ ।
सूचनाअनुसार दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको, मान्यता प्राप्त विश्वविद्यालयबाट निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ वा कानूनमा स्नातकोत्तर गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीमा कम्तीमा पाँच वर्ष काम गरेको अनुभव हुनु पर्नेछ ।
निगमका तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहँदै आएको छ । गत मंसिर २६ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ फागुन २६ गते थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो ।