आठ लाख अफगानी शरणार्थी स्वदेश फिर्ता-Sutra News

आठ लाख अफगानी शरणार्थी स्वदेश फिर्ता

शनिबार, ७ पौस २०८०

शनिबार, ७ पौस २०८०

काठमाडौं । गत अक्टोबरदेखि करिब आठ लाख अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि फर्किएको अफगानी सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएको छ ।



अक्टोबरदेखि करिब ८ लाख शरणार्थीहरू घर फर्किएकोमा आधा पाकिस्तानबाट फर्किएको स्थानीय टेलिभिजन च्यानल टोलो न्यूजले मुजाहिदलाई उद्धृत गर्दै जनाएको छ ।

फर्कन बाँकी शरणर्थीमध्ये अधिकांश इरानबाट तथा हजारौं टर्किएबाट रहेको मुजाहिदले बताए । २५ लाखभन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तानमा र त्यति नै संख्या इरानमा बस्दै आएका छन् ।

शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्री अर्सला खरोतीले दैनिक हजारौं अफगान शरणार्थी स्वदेश फर्किएको पुष्टि गरे ।

अधिकारीहरूका अनुसार लाखौँ अफगानी विदेशमा शरणार्थीको रूपमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट