काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा कुनै आँच आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार नेपाल उद्योग परिसंघ कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको उद्योगीहरूको भेला तथा प्रजातन्त्र सेनानी सम्मान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संविधान प्रदत्त भूमिका निष्ठपूर्वक पालना गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा कुनै आँच आउन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले समाजवाद उन्मुख अर्थ व्यवस्थाको आधार निर्माण गर्न उद्योगी व्यवसायीको महत्वपूर्ण भूमिका हुने बताए ।
अर्थतन्त्र सुधारका लागि सरकारले तर्जुमा गरेको रणनीति, निजी क्षेत्रको सहयोग, विदेशी मुद्रा सञ्चिती, विप्रेषण वृद्धि दरका साथै शोधानन्तर बचत सकारात्मक भए पनि सन्तुष्ट हुने स्थान नरहेको बताउँदै उनले अर्थतन्त्रको सुधारका निम्ति सरकार निरन्तर लागेको आफूले पाएको उल्लेख गरे ।