घरको छत भत्किँदा चार शरणार्थी बालबालिकाको मृत्यु-Sutra News

घरको छत भत्किँदा चार शरणार्थी बालबालिकाको मृत्यु

शनिबार, ७ पौस २०८०

शनिबार, ७ पौस २०८०

काठमाडौं । उत्तरी लेबनानी शहर मिजियारामा भारी वर्षाका कारण घरको छत भत्किँदा चार बालबालिकाको मृत्यु भएको छ ।



सिरियाली शरणार्थी परिवार बसेको घरको भग्नावशेषबाट सिरियाली सुरक्षाकर्मीले दुई बालबालिकाको शव फेला पारेका छन् । अन्य दुई शवको उत्खनन भइरहेको समाचारमा जनाइएको छ ।

लेबनानमा हाल करिब २० लाख सिरियाली शरणार्थीहरू छन् । लेबनानमा जारी आर्थिक संकटका बीच डर लाग्दो परिस्थितिमा बाँचिरहेको भए तापनि, सिरियाली शरणार्थीहरू कानुनी कारबाहीबाट बच्न स्वदेश फर्कन अस्वीकार गरिरहेका छन् ।

लेबनानले अभूतपूर्व आर्थिक संकटको सामना गरिरहेको छ । यहाँको ८० प्रतिशतभन्दा बढी जनसंख्या गरिबीको रेखामुनि छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट