बाढीका कारण ३५ जनाको मृत्यु-Sutra News

बाढीका कारण ३५ जनाको मृत्यु

आइतबार, ८ पौस २०८०

आइतबार, ८ पौस २०८०

काठमाडौं । भारतको दक्षिणी राज्य तमिलनाडुमा यस हप्ता बाढी र वर्षाजन्य दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।



स्थानीय सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार अप्रत्याशित वर्षाले थुप्रै जिल्लालाई नराम्ररी प्रभावित पारेको र तराईका क्षेत्रहरू डुबानमा परेका छन् ।

सडक र रेल सञ्जालमा गम्भीर असर परेको छ । तमिलनाडुका मुख्य सचिव शिव दास मीनाले प्रभावित क्षेत्रहरूमा उद्धार कार्य पूरा भएको र आधारभूत सेवाहरूको पुनः स्थापनामा ध्यान केन्द्रित गरिएको बताए ।

करिब १७५ सडक खण्ड बिग्रिएकामा १४० वटाको मर्मत गरिएको छ भने बाँकी सडकको पुनः निर्माण काम भइरहेको बताइएको छ ।

अत्यावश्यक खानेपानी आपूर्ति जस्ता अन्य सेवाहरू पुनः स्थापनको काम भइरहेको छ । प्रभावित क्षेत्रका झण्डै ५० हजार मानिसलाई जलमग्न क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ ।

बाढी र अविरल वर्षाले तीन हजार ७ सय झुपडी र एक सय ७० स्थायी घरमा क्षति पुगेको छ । डुबानका कारण एक लाख ८३ हजार हेक्टरमा लगाएको बालीमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट