काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य वृद्धि भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा सय रुपैयाँले वृद्धि भएको हो । शुक्रबार एक लाख १९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजावी सुन एक लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार तेजावी सुन प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदी मूल्यमा सामान्य गिरावट आएको छ । आज चाँदी एक हजार ४७५ रुपैयाँ तोकिएको छ । शुक्रबारको तुलनामा चाँदीको मूल्य १० रुपैयाँले घटेको हो ।