लुम्बिनीका दुई मन्त्रीले आज शपथ लिए-Sutra News

लुम्बिनीका दुई मन्त्रीले आज शपथ लिए

आइतबार, ८ पौस २०८०

आइतबार, ८ पौस २०८०

काठमाडौं । लुम्बिनी प्रदेशमा सात महिनापछि सरकार विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार दुई मन्त्री थप गरेका हुन् ।



यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्री मण्डल थियो । शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्री मण्डल भएको हो ।

नयाँ मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्रबाट कृष्ण केसी खानेपानी, ग्रामीण तथा सहकारी विकास र नेपाली कांग्रेसका सरोज थापाले पर्यटन तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी पाएका छन् । उनीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट